
काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।
निर्वाचन खर्च विवरण बुझाएर पनि सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी उनले आज बिहीबार सामाजिक सञ्जालमार्फत दिएका छन् ।
आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले उल्लेख गरेका छन् ।
थापाले ट्विटरमार्फत भनेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर, यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु । अत: १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुन: सार्वजनिक गरेको जानकारी गराउँछु ।’

यस्तो छ, उनको ट्विट–
मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च… pic.twitter.com/Jf3OWx4Xp2
— Gagan Thapa (@thapagk) July 27, 2023















प्रतिक्रिया