३ कार्तिक २०८३, मंगलबार

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद एक सय किलो बढि सुन प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।

एमालेले सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताहरूको संलग्नताबिना भन्सारबाट सुन पास गर्न असम्भव हुने भन्दै निष्पक्ष छानविनको माग गरेको हो ।

बैठकपछि एमाले सांसद रघुजी पन्तले पटक पटक सुन आएको खवर प्रकाशित भएको अवस्थामा गम्भीरतापूर्वक गहिराईमा पुगेर छानबिन गर्न माग गरेको जानकारी दिए ।

उनले भरियालाई मात्रै नभई सुन ल्याउने मुख्य व्यक्तिलाई पक्राउ गरेर सुन ल्याउने काममा सघाउनेलाई कारवाही गर्नुपर्ने बताए । पन्तले सुन प्रकरणको लामो समय हँुदा पनि सरकारले कही काम नगर्न नसकेको बैठकको ठहर छ ।

यो प्रकरणको न्यायिक छानबिन समिति बनाउन पनि एमालेले माग गरेको छ ।