
धरान, १० साउन । सुनसरीको धरानमा एकजना वडाध्यक्ष जुवा खालबाट पक्राउ परेका छन् ।
सोमबार राति ११ बजे धरान उपमहानगरपालिका-१० विजयपुर अस्पतालअगाडिको केक प्यालेसमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले भोजपुरको आमचोक गाउँपालिका-६ का वडाअध्यक्ष बमबहादुर बस्नेतसहित ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडाध्यक्ष बस्नेतसहित राजेन्द्र श्रेष्ठ, भरत थापा, विपिन गुरुङ, आशीषकुमार राई, अशोक राई, सागर राई, जसबहादुर राई, कुमार राई, कविराज राई र रोहित श्रेष्ठ रहेको छन् ।
राजेन्द्र श्रेष्ठ आमचोककै वडा नम्बर–९ का पूर्व वडाअध्यक्ष हुन् भने अशोक राई आमचोककै लक्ष्मी मावि पाङ्चाका शिक्षक हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया