३० आश्विन २०८३, शुक्रबार

प्रभु बैंक र पिजफाइर रेष्टुरेन्टबीच सम्झौता, यस्ता पाइन्छन् सुविधाहरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । प्रभु बैंक र काठमाडौंको न्यूप्लाजास्थित पिजफाइर रेष्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले हस्ताक्षर गरेका छन् ।

बैंक र रेष्टुरेन्टबीच भएको सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टले उपलब्ध गराउने ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत छुट पाउने छन् ।