३० आश्विन २०८३, शुक्रबार

सीमित नेताहरूलाई गाडी चढ्नका लागि मात्रै हामीले प्रजातन्त्र ल्याएको हो त ? (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले केही सीमित नेताहरुलाई राम्रो गाडी चढ्नका लागि मात्रै प्रजातन्त्र ल्याइएको हो र भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् ।

४१औं विपी स्मृति सप्ताहको अवसरमा कांग्रेस नेता शेखर कोइरालाले आज मंगलबार आयोजना गरेको ‘वर्तमान राजनीतिक चूनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले प्रजातन्त्र र लोकतन्त्रले केही सीमित नेताको जीवनशैली फेरिएकोबाहेक जनताको तहमा कुनै काम हुन सनसकेको बताएका हुन् ।

‘केही सिमित नेताहरुलाई घर बनाउन अनि राम्रा गाडी चढ्नको लागि हामीले प्रजातन्त्र ल्याएको हो ? यही हो आजको हाम्रो चूनौती । हामी सधैं विपी कोइराला, गणेशमान, किसुनजी भनेर नाम लिइरहने, अनि उहाँहरूको आचरण अनुशरण गर्नु नपर्ने ? उहाँको नाममा कमाउने ? समाजका मान्छेभन्दा भिन्न हुने ? यो चाहिँ कदापि हुनुहुँदैन । यसको अन्त्य गर्नु नेपाली कांग्रेसको दायित्व हो ।’

त्यस्तै नेता भण्डारीले पार्टीभित्र एक अर्कालाई गाली गलौज गरेर केही नहुने भन्दै जनताको मुद्दामा बहस गर्नुपर्ने बताए । उनले आफ्नो निजी स्वार्थका लागि अग्रज नेताहरुको नामको दुरुपयोग गर्नु अपराध हुने पनि बताएका छन् । आफ्नो घर र परिवार बनाउन बीपी र किसुनजीको नाम लिनु अपराध हुने धारणा उनको छ ।

हेर्नुहोस् भिडिओ–