३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा स्मृति पुरस्कार प्रदान

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेको हो ।

रू. १ लाख राशि रहेको उक्त पुरस्कार उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरे । पुरस्कार हस्तान्तरण गर्दै खड्काले यसअघि महावीर पुनसंग भएको भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै छिटै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै, केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताए । उनले सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरु कार्यान्वयन नभएको भन्दै मन्त्री खड्काको ध्यानाकर्षण गराएका छन् ।