६ कार्तिक २०८३, शुक्रबार

एमालेले घोषणा गर्‍यो ६ प्रदेशको अधिवेशन मिति, कुन प्रदेशमा कहिले ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेकपा एमालेले ६ वटा प्रदेश अधिवेशनको मिति तय गरेको छ ।

गण्डकी प्रदेशको मात्रै मिति तय गर्न बाँकी रहेको एमालेले जनाएको छ । मिति तय भएका प्रदेशमा असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय गरिएको हो ।

जसअन्तर्गत बागमती प्रदेशको अधिवेशन असोज ८ र ९ गते तोकिएको छ भने कोशी प्रदेशको अधिवेशन असोज १२ र १३ र मधेश प्रदेशको असोज ५ र ६ गते मिति तय भएको छ ।

कर्णाली प्रदेशको भदौको २९ र ३० गते, सुदूरपश्चिमको भदौ २२ र २३ गते अधिवेशन गर्ने मिति तय भएको छ । यस्तै, लुम्बिनीको भदौ १६ र १७ गतेका लागि मिति घोषणा गरिएको हो ।