
काठमाडौं, ९ साउन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा आफ्नो पार्टी र गठबन्धन शद्व छ भन्न नसक्ने बताएका छन् ।
गोरखामा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारमा जो सुकै भएपनि अनुसन्धान हुने बताएका हुन् । हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ ? भन्न त सकिन्न नि ? तर मूलभूत रुपमा सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा यो समीकरणको सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ’ उनले भने ।
उनले गठबन्धनभित्रैबाटसमेत आफ्नो राजीनामा मागेको विषयमा त्यसलाई आफूले स्वभाविक रूपमा लिएको प्रतिक्रिया दिए ।
उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ ।’
श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुनको अनुसन्धान नरोकिने बताए । तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनले बताए ।















प्रतिक्रिया