२८ आश्विन २०८३, बुधबार

इनारमा खसेका बालकको आठ घण्टापछि जीवितै उद्धार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । भारतको बिहार राज्यको नालन्दा जिल्लामा पानी निकाल्न खनिएको साँघुरो इनारभित्र खसेका एक तीनवर्षे बालकलाई आठ घण्टापछि जीवितै उद्धार गरिएको छ।

यो घटना गत आइतबारको हो। घरनजिकै खेल्दै गर्दा ती बालक शिवम् कुमार १२ मिटर गहिरो साँघुरो इनारभित्र खसेका थिए।

उद्धारका क्रममा इनारभित्र एउटा क्यामरा छिराएर ती बालकको अवस्था निगरानी गरिएको थियो।

ती बालकलाई उद्धार गरेर अस्पताल लगिएको थियो।