३० आश्विन २०८३, शुक्रबार

संघीयतालाई मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ८ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीयतालाई मजबुत वबनाउनका लागि जनताको साथ चाहिने बताएका छन् ।

मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताउँदै संघीयतालाई बलियो र मजबुत बनाउन जनताको साथ चाहिने बताएका हुन् ।

संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइरहेको प्रसङ्गमा उनले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरु हुन सक्दैन ।’

त्यस्तै समानुपातिक समावेशीता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको आफ्नो समेत उदाहरण दिँदै मन्त्री मोदीले भने, ‘एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिता कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एकजना दलित अनिवार्य गरेको छ, योभन्दा उन्नत प्रावधान र व्यवस्था अरु हुन सक्दैन ।’

मन्त्री मोदीले सरकार संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणको दिशामा अगाडि बढिरहेको समेत बताए ।