
काठमाडौं, ८ साउन । नेकपा एमालेले कम्युनिष्ट आन्दोलनका अविचलित र कर्मठ योद्धा दलु छायाँ (दलबहादुर भुजेल)को निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टीका तर्फबाट आज केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शोक वक्तव्य जारी गर्दै स्वर्गीय छायाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
चार दशकसम्म शिक्षण पेशामा रहेका दलु छायाँले जनतालाई पञ्चायती व्यवस्थाविरुद्ध सचेत गराउने काममा सदैव अग्रसर बनेको स्मरण एमालेले गरेको छ ।
पछिल्लो समय मिर्गौला रोगबाट पीडित भुजेलको ७७ वर्षको उमेरमा हिजो निधन भएको थियो ।
सुनसरीमा जन्मिनुभएका भुजेललाई एमालेले गत वैशाखमा पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा सम्मान समेत गरेको थियो ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया