२९ आश्विन २०८३, बिहिबार

गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्षमा लमजुङका बसौलाको उम्मेदवारी दर्ता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, ८ साउन । गैरआवासीय नेपाली संघ कतारको उपाध्यक्ष पदका लागि लमजुङका विनोद प्रसाद बसौलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

विगतदेखि नै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा बसेर अनुभव हासिल गरेका बसौलाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

लमजुङको बेंसीशहर–३ गाउँशहरका बसौला विगत १० वर्षदेखि कतारमा बसोबास गर्दै आइरहेका छन् । उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१७/२०१९ कार्यकालमा कार्यसमिति (सचिवालय) सदस्य २०१९/२०२१ र २०२१/२०२३ दुई कार्यकालका लागि कोषाध्यक्ष पदमा बसेर काम गरिसकेका छन् ।

अनुभवको आधारमा २०२३/२०२५ कार्यकालका लागि प्रथम उपाध्यक्ष पदमा उत्कृष्ट काम गर्ने विश्वास उनले दिलाएका छन् । यसअघि प्राप्त जिम्मेवारी निर्वाह गर्दा हासिल गरेको ज्ञान, अनुभव र ऊर्जालाई प्रयोग गरेर उपाध्यक्षको कार्याकाल सफल बनाउने योजना उनको छ ।

साथै सम्पूर्ण मतदाताले मतदान गरेर सहयोग गर्न उनले आग्रह गरेका छन् ।