२९ आश्विन २०८३, बिहिबार

एमाले अध्यक्ष केपी ओली आज स्वदेश फर्किदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियाको भ्रमण सकेर आज स्वदेश फर्किने भएका छन् ।

आज राति १० बजे ओली स्वदेश फर्किने कार्यक्रम रहेको उनका प्रेस संयोजक रामशरण बजगाँइले जानकारी दिएका छन् ।

कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया गएका थिए । उनको साथमा पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख राजन भट्टराई र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत कम्बोडिया गएका छन् ।

कम्बोडिया भ्रमणका क्रममा अध्यक्ष ओली निर्वाचन अनुगमनसँगै त्यहाँका नेताहरूसँग राजनीतिक भेटघाट समेत गरेका छन् । अध्यक्ष ओली यसअघि प्रधानमन्त्री बहाल रहँदा कम्बोडिया भ्रमणमा गएका थिए ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षणमा गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा अन्य पर्यवेक्षकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा ओली ।

कम्बोडियामा हिजो सम्पन्न आम निर्वाचनमार्फत कुल ९७ लाख १० हजार ६६५ मतदाताहरूबाट १२५ जना विधायक निर्वाचित गर्नेछन् । त्यसका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरूमार्फत मतदान सम्पन्न भएका छन् भने मत गणना कार्य भइरहेको छ ।

यो निर्वाचनमा विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि पर्यवेक्षणमा सक्रिय रहेका थिए । सोही अनुसार नेपालका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वटा मतदान केन्द्रको पर्यवेक्षण गरेका थिए ।

उनले पर्यवेक्षण गरेको तीनमध्ये टोल कोर्क प्रावि मतदान केन्द्रबाट ९२ वर्षीय नागरिकले मतदान गरेका थिए ।