
काठमाडौं, ८ साउन । हामीले विभिन्न कला देखाएर विश्व रेकर्ड राखेका सुन्दै आएका छौँ । जसमा खानेदेखि सुत्ने, दौडने, लेख्नेसम्मका छन् ।
तर लगातार सात दिनसम्म रोएर विश्व कीर्तिमान राखेको सुन्दा भने अचम्म लाग्न सक्छ । कतिपयलाई विश्वास पनि नलाग्न सक्छ । मान्छे लगातार सात दिनसम्म कसरी रून सक्छ भनेर । हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम लेखाउने ध्याउन्नमा लगातार सात दिनसम्म रोएका छन् । जसका कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्यो । तर, विडम्बना उनको नाम गिनिज बुकमा लेखिएन।
नाइजेरियाली युवक टेम्बू एबेरेले सबैभन्दा लामो समयसमम आँसु बगाएर रूने विश्व कीर्तिमान बनाउने कोसिस गरिरहेका थिए । यसका लागि उनले पूरै एक हप्तासम्म रूने कोसिस गरे र पूरै सात दिनसम्म रोइरहे । तर त्यसको नतिजा सुखद निस्किएन । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने भए ।
उनले आफू लगातार रूँदा गम्भीर स्वास्थ्य समस्या देखा परेको र बिचमै रूने काम रोक्नुपरेको बताएका छन । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें । सुन्निएको आँखाको भाग अहिलेसम्म ठिक भएको छैन उनले भने ।
तर उनको नाम गिनिज वर्ल्ड रेकर्डको किताबमा दर्ता भएन किनकि उनले यसका लागि आवेदन नै नगरेको पाइएको छ। जसले गर्दा उनको मिहेनत खेर गएको हो । उनले टाइमिङ् सेट गरेर टीकटक लाइभ गर्दै रोएका थिए । जसले उनको मिहेनत खेर गयो ।
यदी उनले सुझबुझ साथ नाम दर्ता गरेर अगाडि बढेका भए कीर्तिमान कायम गर्न सफल हुने थिए ।











प्रतिक्रिया