सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनआरएनए क्यानडा निर्वाचन २०२३ः नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी

शिशिर सिंखडा २०८० साउन ८ गते १०:४९

टोरण्टो, ८ साउन । एनआरएनए क्यानडाको यही जुलाई ३० मा हुने निर्वाचनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए क्यानडाको १६औं वार्षिक साधारण सभा यही जुलाई २९ तारेख शनिबार स्कारब्रोमा हुँदैछ भने नेतृत्व चयनका लागि निर्वाचन जुलाई ३० तारेख आइतबार हुँदैछ । यस पटकको नेतृत्व चयन अनलाइन मार्फत र पहिलो पटक प्रत्यक्ष अर्थात क्यानडा भरबाट नै सबैले मतदान गर्न पाउने छन् । सो निर्वाचनमा कुल ४ हजार ५ सय २९ जना सदस्यहरुले मतदान गर्नेछन् ।

आगामी हप्ता हुने निर्वाचनका लागि लक्ष्मण अधिकारी, डा.लक्ष्मी पाठक, हिराकाजी याङ्दो र माधव दुलालले अध्यक्षमा उम्मेदवारी दिएको एनआरएनए क्यानडा निर्वाचन समिति–२०२३ का मुख्य निर्वाचन अधिकृत विनय नेपालले जानकारी दिए ।

उपाध्यक्ष अन्तर्गत फेडेरलबाट उमेश भण्डारी, एटलान्टिकबाट दिप सापकोटा र सेन्टरल रिजनबाट किरोज श्रेष्ठ सहित १/१ जनाको मात्र उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्ष अन्तर्गत वेस्टर्न रिजनमा सुरज अधिकारी र राजु भट्टराईको उम्मेदवारी परेको छ ।

महासचिवमा चन्दा अधिकारी, निराजन थापा र राम क्षेत्रीको उम्मेदवारी रहेको छ भने कोषाध्यक्षमा सिपीए विद्या भुसण कार्की, माधव गजुरेल र सन्तोष दाहालको उम्मेदवारी रहेकोे छ । महिला तथा बालबालिका को–अर्डिनेटरमा सुनिता केसीको मात्र उम्मेदवारी रहेको छ भने युथ तथा सेकेन्ड जेनेरेशन को–अर्डिनेटरमा भने प्रतीक भण्डारी र नारायण तिवारीको उम्मेदवारी रहेको छ ।

मेम्बर आईसीसीमा ६ जनाको उम्मेदवारी रहेको छ । जस अन्तर्गत हेमराज पाण्डे, ऋषिराम गैरे, भानु सिवाकोटी, विशाल घिमिरे, भुवन खराल र सुनन्द सुवेदीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत नेपालले बताए ।

मेम्बर एनसीसीको एटलान्टिक एरियाबाट माधव सुवेदी, क्युबेक एरियाबाट रविन कंडेल, ओटावा एरियाबाट प्रज्वल कार्की, मनिटोबा एरियाबाट अन्जु भण्डारी, सस्केचन एरियाबाट आयुस सुवेदी र व्रिटिश कोलम्बिया एरियाबाट नेमु चापागाईं सहित १/१ जनाको मात्र उम्मेदवारी परेको छ ।

नर्थन ओन्टारियोबाट बिमलराज चुडाल र ईश्वर कार्कीको उम्मेदवारी रहेको छ भने टोरोण्टोबाट राजिव जंग प्रताप केसी, अनिमा लोहनी, विनोद कोईराला र रुचि सिवाकोटी (महिला) को उम्मेदवारी रहेको छ । त्यस्तै मिसिसागा एरियाबाट सुबर्ण ओलि र प्रितम त्रिपाठीको उम्मेदवारी रहेको छ ।

एनसीसी मेम्बरको लागि सबै भन्दा धेरै उम्मेदवारी ब्राम्पटन एरियाबाट परेको छ । ब्राम्पटनमा प्रजापति सापकोटा, राज कार्की, शान्ता थापा (महिला), जगन सापकोटा, दुर्गानाथ खराल र कमल ज्ञवाली सहित ६ जनाको उम्मेदवारी परेको छ ।

लण्डन एरियाबाट कुबेर बुर्लाकोटी, रमेश रिजाल र सोहस नाथ अधिकारीको उम्मेदवारी रहेको छ भने वेस्टर्न ओन्टारियोबाट विजय कुमार लम्साल र कुल सापकोटाको उम्मेदवारी परेको छ ।

एडमन्टनबाट दिपेन्द्र पाण्डे, ममता बिस्ट (महिला), रबिन्द्र फुयाल, राजेश पौडेल र सृजना महत (महिला) तथा क्यालगोरी एरियाबाट विकास दाहाल, नेत्र अम्गाई, विशाल थापा र कल्पना दाहाल (महिला) को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित