२९ आश्विन २०८३, बिहिबार

माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट बैंक सम्मानित भएको हो ।

बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको बैंकद्वारा प्रेस विज्ञिप्तिमा उल्लेख छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुती र स्वीकृति, पारदर्शिता, विषयवस्तु, सुशासन लगायतलाई दृसष्टगत गरी अवार्ड प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० वटा शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा जनाइएको छ ।