२९ आश्विन २०८३, बिहिबार

विगतका घटनाहरूबाट पाठ सिक्दै अब एमालेलाई जुरुक्कै उठाउँछौँ : गोकर्ण बिष्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ७ साउन । नेकपा एमालेका सचिव एवम् गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले आफूहरू बिगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमतसहितको पार्टीको रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् ।

एमाले कास्कीको आयोजनामा आयोजित नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको ४५औं स्मृति दिवसको अवसरमा आज पोखरामा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन कमरेड पुष्पलालको योगदान’ विषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेलाई जुरुक्कै उठाउनेगरी कार्यक्षेत्रमा एवम् जनताको घर–घरमा गएर खटिन थालिएको बताएका हुन् ।

सचिव बिष्टले बिगतका विकासमा गरेका कामसँगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उनको बिचार कयौं दशकसम्म सान्दर्भिक रहने उल्लेख गरे । अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी कम्युनिस्ट पार्टी भएको दाबी गर्दै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको बताउँदै भोलि पनि नेतृत्व एमालेले नै गर्ने उल्लेख गरे ।

यस्तै, कास्की इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताइन् ।

यसैगरी, एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न प्रवचन कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र सञ्चालन सचिव बैनबहादुर अधिकारीले गरेका थिए ।