३ कार्तिक २०८३, मंगलबार

लघुवित्त पीडितले निकालेको विरोध र्‍यालीले घेर्‍यो सिंहदरबार (फोटो फिचर)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्त संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौंको माइतीघरदेखि भद्रकालीसम्म विरोध र्‍यालीसहितको प्रदर्शन गरेका हुन् ।

उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दे निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

आफूहरूको मागप्रति राज्य गम्भीर नभएका कारण राजधानी केन्द्रीत आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

हेर्नुहोस् तस्वीरहरू–