
काठमाडौं, ७ साउन । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा किरियापुत्रीसहित २४ जना घाइते भएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर-१ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेहरूलाई उपचारका लागी मंगलसैन ल्याइएको छ ।















प्रतिक्रिया