२९ आश्विन २०८३, बिहिबार

पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य : मन्त्री मोदी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ७ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

पुष्पलाल स्मारक समितिले आज मोरङमा आयोजना गरेको ४५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

‘पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको हो त्यो कुरा प्राप्त गर्ने दिशामा अगाडि बढ्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ,’ उनले भने ।

उनले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि अगाडि बढ्नुपर्ने समेत बताए ।

‘एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनष्टिबीचको एकता अनिवार्य र अपरिहार्य छ,’ उनले भने, ‘पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानमा आइपुगेका हौँ, यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।’