शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

पत्रकार श्रेष्ठद्वारा एनआरएनए एनसीसी कतारको महासचिवमा उम्मेदवारी दर्ता

दैनिक नेपाल २०८० साउन ७ गते १५:२३

दोहा, ७ साउन । एनआरएनए एनसीसी कतारको २०२३–०२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

एनसीसी निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारी आवेदकको नामावलीमा श्रेष्ठसहित रबिन मगरले महासचिव पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा रहेका विभिन्न सामाजिक संस्थाहरूमा आवद्ध रही स्वच्छ छबि भएका सही सूचना सम्प्रेषण गर्ने र स्पस्ट वक्ताका रूपमा चिनिन्छन् ।

हाल उनी नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष हुन् भने पर्वत समाज कतारका संस्थापक महासचिव तथा वर्तमान सल्लाहकार समेत हुन् । एनआरएनए कतारसँग लामो समय सूचना तथा प्रचारप्रसार उपसमितिमा समेत काम गरेका श्रेठ २०१७–२०१९ को कार्यकालमा पनि सचिव पदमा उमेदवारी दिएका थिए । त्यसबेला उनले प्रतिस्पधौत्मक मत प्राप्त गरेका थिए ।

हरेका कार्यकालमा एनसीसीलाई ठाडो प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै महाचिवको उम्मेदवार बनेपछि दोहामा रहेका जानकारहरूले उनी नेतृत्वमा पुगे धेरै अनुत्तरित प्रश्नको उत्तर आउने आशा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित