
पोखरा, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खटिन कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् ।
४१औँ बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नुपर्ने बताउँदै जनताको काममा खटिन आग्रह गरेका हुन् ।
‘नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ,’ महामन्त्री थापाले भने, ‘चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुन सक्छ ।’
कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनको सुखदु:खमा साथ दिन पनि उनले आग्रह गरे ।















प्रतिक्रिया