३० आश्विन २०८३, शुक्रबार

अध्यक्ष ओलीद्वारा ‘शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । निर्वाचन पर्यवेक्षकका रुपमा कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।

त्यसअघि अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच आज कम्बोडियामा भेटवार्ता गर्नाका साथै प्रधानमन्त्री सेनले गरेको २२ जना वरिष्ठ राजनीतिज्ञसँगको भेटमा पनि सम्बोधन गरेका थिए ।

यसैगरी, आज साँझ ओलीले त्यहाँका उपप्रधानमन्त्री तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीद्वारा आयोजित स्वागत भोजमा सहभागिता जनाउनेछन् ।

अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि गत असार २ गते राति कम्बोडिया गएका थिए । उनी साउन ८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

क्याम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि संसारभरका ६५ देशका राजनीतिका दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसका अलावा १०० भन्दा बढी अन्तर्राष्टिय सञ्चार माध्यमहरू पनि सहभागी छन् ।

हेरौँ केही तस्वीरहरू–