
प्युठान, ६ साउन । प्युठानमा ३१ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
ती महिलालाई बलात्कार गरेको अभियोगमा ऐरावती गाउँपालिका–५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई ऐरावती गाउँपालिका–२ बिरुवाङ खोलामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको उजुरी प्राप्त हुनासाथ प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको बताइएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया