शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

संसारकै धनी भिखारी जसको १२ करोड सम्पत्ति छ !

दैनिक नेपाल २०८० साउन ६ गते १२:२९

काठमाडौं, ६ साउन । भिखारीको १२ करोडको सम्पत्ति छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । यस्तै एक धनी भिखारी हुन् भारतका भरत जैन ।

उनी १२ करोड सम्पत्तिका मालिक हुन् । सम्पत्ति उनको परिवारको वा अन्य कसैले कमाइ दिएको होइन । यो सम्पत्ति उनी आफैँले भीख मागेर कमाएका हुन् ।

उनी मुम्बईमा २ करोड (१ करोड २५ लाख भारु) को घरमा बस्छन्। उनका छोराछोरी भारतको सबैभन्दा महँगोमध्ये एक कन्भेन्ट स्कूलमा पढ्छन्। मुम्बईमा मात्रै होइन उनले पुणेमा पनि घर बनाएका छन्। त्यो घरका सटर भाडामा दिएर मासिक ४८ हजार कमाउँछन्।

उनले अहिले पनि भीख माग्ने काम गरिरहेका छन् । उनले भीख मागेरै मासिक एकलाख भन्दा धेरै कमाइ गर्छन । उनी अहिले पनि दैनिक १२ देखि १४ घण्टा मुम्बईका सडकमा भीख मागिरहेका भेटिन्छन् ।

मुम्बईमा जन्मिएका उनले आर्थिक अवस्था कमजोर भएका कारण पढ्न पाएनन्। विस्तारै मजबुरीका कारण भीख माग्न थाले। उनले सुरुमा छत्रपति शिवाजी टर्मिनस वा आजाद मैदानमा भीख माग्न थालेका थिए। पछि त्यो पैसा लगानी पनि गर्दै गएर करोडौँका मालिक भए।

उनको परिवारमा श्रीमती, बुवा, भाइ र दुई छोरा छन्। परिवारका अन्य सदस्यले स्टेसनरी चलाउछन्।

प्रतिक्रिया
सम्बन्धित