२९ आश्विन २०८३, बिहिबार

नबिल बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नबिल बैंक लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ ।

नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । यो अवार्ड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट वार्षिक रुपमा प्रदान गरिँदै आएको छ ।

आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सो अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

बैंकको पुरस्कृत यो वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउन एशिएन फेडेरेशन अफ एकाउन्टस् (साफा) द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘साफा बीपीए अवार्ड’का लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ ।