
काठमाडौं, ५ साउन । सुन तस्करी प्रकरणमा पक्राउ परेका थप चार जना आरोपितमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले नौ दिन म्याद थप गरेको छ ।
हजिो बिहीबार पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न राजस्व अनुसन्धन विभागलाई नौ दिनको अनुमति दिएको हो ।
मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिइसकेको छ ।















प्रतिक्रिया