२९ आश्विन २०८३, बिहिबार

बल प्रयोग गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालियो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । बञ्चरे डाँडावासीमाथि बल प्रयोग गरेर काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न सुरू गरिएको छ ।

प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा पुर्‍याएर फाल्न थालिएको हो ।

प्रहरीको स्कर्टिङमार्फत अहिले फोहोर बोकेका १२० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन् ।

फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजे पनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको छ । त्यसअघि स्थानीयले प्रहरीको प्रतिवाद गर्ने प्रयास गरेका थिए ।

पाँच दिनदेखि फोहोर नउठ्दा टेकु ट्रान्सफर स्टेशन भरिँदै आएको थियो भने ललितपुर महानगरपालिकाले घरभित्र फोहोर व्यवस्थापन गर्न महानगरवासीलाई सूचना जारी गरेको थियो ।