२९ आश्विन २०८३, बिहिबार

एमालेले तोक्यो कोशी र मधेश प्रदेश कमिटीको अधिवेशन मिति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपा एमालेले कोशी र मधेश प्रदेश कमिटीको अधिवेशनको मिति तय गरेको छ ।

बुधबार बसेको मधेश प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको हो । बैठकको निर्णय अनुसार मधेश प्रदेशको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरमा हुने छ ।

यस्तै, एमालेले कोशी प्रदेश कमिटीको अधिवेशन आगामी असोज १२ र १३ गते गर्ने भएको छ । मंगलबार बसेको प्रदेश सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको हो ।