
काठमाडौं, ५ साउन । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई थुनामा राख्नु गैरकानुनी नभएको ठहर गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले गुरुङसहित सुधीरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै थुनामै राख्न आदेश दिएको हो ।
हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै असार १३ गते उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
यसैबीच, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमै पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई भने थुनामुक्त गर्न आदेश दिएको छ । राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको भन्दै सर्वोच्चको इजलासले अनुसन्धान सम्पन्न नभएसम्म नेपालबाहिर जान नपाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।















प्रतिक्रिया