
काठमाडौं, ५ साउन । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले १५० केजी सुन प्रकरणबारे आज मसाल जुलुश निकाल्ने भएको छ ।
सरकारी संयन्त्रको सेटिङमै भारी परिमाणमा अवैध सुन आयात गरिएको र त्यसमा सरकारमा रहेकाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै संघले मसाल जुलुश निकाल्न लागेको बताएको छ ।
आज साँझ ६ बजे नयाँ बानेश्वरमा जुलुश निकाल्न लागिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।















प्रतिक्रिया