
काठमाडौं, ५ साउन । १५० किलो सुन तस्करीबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल अवैध सुन बरामद भएपछि त्यसबारे अनुसन्धान गर्न विभागले छुट्टै चार सदस्यीय विभागीय समिति गठन गरेको हो ।
राजस्व अनुसन्धान र प्रशासनका निर्देशकसहित चार जना सदस्य रहेको अनुसन्धान समिति गठन गरिएको छ ।
समितिले हाल पक्राउ परेका सुन तस्करीका पहिलो तहका व्यक्तिहरूमार्फत विस्तृत अध्ययन अघि बढाउने बताइएको छ ।















प्रतिक्रिया