
काठमाडौं, ४ साउन । नेपालमा निर्यात हुँदै आएको चामलमा भारतले प्रतिबन्ध लगाउने भएको छ ।
आज बिहीबार भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै चामल निर्यात नगर्ने बताएको हो ।
भारतले प्रतिबन्ध लगाएसँगै अब भारतबाट नेपालमा भित्रिदै आएको चामल आयातमा स्वत: रोक लाग्ने छ । भारतले मोटा र जिरामसिनोलगायत चामल निर्यातमा रोक लगाएको हो ।
मनसुनका कारण धान उत्पादन कम भएका कारण खाद्यन्न अभाव हुनसक्ने भन्दै यस अवस्था सृजना हुनबाट रोक्न भारतले निर्यातमा रोक लगाएको हो ।
अधिकांश नेपाली भान्सा भारतबाट आयात गर्ने चामलमा निर्भर रहेको अवस्थामा नेपालीहरू प्रभावित हुने देखिएको छ ।
भारतीय चालमको अभावमा नेपालमा खाद्यान्न संकटकको समेत अवस्था सृजना हुन सक्ने अनुमान गरिन्छ ।















प्रतिक्रिया