
काठमाडौं, ४ साउन । सरकारले ल्याएको मिटरव्याजसम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउँदै संसद भवनअघि प्रदर्शन गर्न खोज्ने मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहीबार संसद भवनअगाडि नाराबाजीसहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मिटर ब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानूनले मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ ।
समितिले सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउँदै आएको छ ।















प्रतिक्रिया