२९ आश्विन २०८३, बिहिबार

ओरेन्टल को–अपरेटिभले साउन १५ पछि बचतकर्तालाई रकम फिर्ता गर्ने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । ओरेन्टल को–अपरेटिभ लिमिटेडमा एक लाख रुपैयाँ भन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाख रुपैयाँ भन्दा कम बचत भएकालाई साउन १५ गतेसम्म प्रमाणसहित निवेदन पेस गर्न म्याद दिएको छ ।

ओरेन्टल सहकारीका पाँच सय २८ जना बचतकर्ताको एक लाख रुपैयाँभन्दा कम बचत गरेको अभिलेख छ ।

व्यवस्थापन समितिको कार्यालयले साउन १५ गतेपछि एक लाख रुपैयाँ भन्दा कम बचत फिर्ता गर्ने भएपछि प्रमाण पेस गर्न आउने पीडितको भीड लाग्न थालेको छ ।

हाल दैनिक एक सय जनासम्म पीडित कार्यालयमा आई प्रमाण बुझाउने गरेका छन् ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ ।