
काठमाडौं, ४ साउन । प्रहरीले विभिन्न ४३ वटा मुद्दामा संलग्न १२५ जनालाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको छ ।
केन्द्रीय अनुसन्धान व्युरोले वार्षिक अपराध अनुसन्धान प्रगति समीक्षा सार्वजनिक गर्दै विभिन्न १० वटा प्रकृतिका ४३ वटा मुद्दामा संलग्न १२५ जनालाई पक्राउ गरिएको जनाएको हो ।
आर्थिक वर्ष २०७९/८० मा अपराधिक घटना र तथ्याङ्कको ग्राफ वृद्धि भएको पनि प्रहरीले जनाएको छ । यस्ता घटना वृद्धि हुनुमा प्रविधिको प्रयोग मुख्य कारण रहेको औंल्याइएको छ ।
वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको तथा अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धान कार्य प्राविधिक रुपमा अझै जटिल हुँदै गएको व्यरोको भनाइ छ ।
राष्ट्रिय हितमा प्रतिकुल प्रभाव पार्ने जटिल, गम्भीर, जघन्य, संगठित प्रकृतिका एवम् आम सरोकारका घटनाको पूर्ण व्यावसायिक ढङ्गले अपराध अनुसन्धान गर्ने र अनुसन्धानका विधि र पद्दतिमा समयानुकुल संस्थागत क्षमता अभिवृद्धि गर्ने निर्दिष्ट लक्ष्य बोकेको नेपाल प्रहरीको विशिष्टीकृत निकायको रुपमा स्थापित केन्द्रीय अनुसन्धान व्युरोले चालु आर्थिक वर्ष २०७९/०८० मा गहन प्रकृतिका मुद्दाको सफल अनुसन्धान गरी संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएको हो ।
सीआईबीका अनुसार गत आर्थिक वर्षमा जघन्य अपराधका घटनामा २६ जना पक्राउ परेका छन् ।
यस्तो छ विवरण–
















प्रतिक्रिया