२९ आश्विन २०८३, बिहिबार

सेनाको होइन सांसदको सङ्ख्या घटाऔँ, प्रदेश सभा हटाएर दुई लाख सेना थपौँ : बामदेव गौतम

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउन नहुने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा गौतमले सेनाले अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास रहेको भन्दै सेनाको संख्या घटाउन नहुने बताएका हुन् ।

उनले सेनाको संख्या दुई लाख थप गर्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि परिचालन गर्नुपर्नेमा जोड दिए । ‘सेनाको संख्या घटाउँदै त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गौतमले बरु अहिले संघीय संसदमा सांसदको संख्या घटाउनुपर्ने धारणा व्यक्त गरे ।

संघीय संसद र स्थानीय तह रहेको अवस्थामा प्रदेश सभाको केही काम नरहेको उनले बताए । गौतमले अहिलको संसद संरचना रहँदासम्म नेपालको विकास हुन नसक्ने जिकिर गरे ।

त्यस्तै, उनले काँग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको भन्दै कम्युनिष्टहरुले पनि सिक्नुपर्ने बताए ।

उनले दलहरुले गोप्य रुपमा बैठक गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।