
काठमाडौं, ४ साउन । व्यवसायी दीपक मल्होत्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सनुमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
बिहीबार पत्रकारसम्मेलन गर्दै मल्होत्राले यसमा आफ्नो कुनै संलग्नता नरहेको र पुष्टि भए सजाय भोग्न तयार रहेको बताएका हुन् ।
‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।
उनले यो प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेकामा आपत्ति जनाउँदै खण्डन नछापे कानूनी कारबाहीमा जाने बताए ।
सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग आफ्नो चिनजान नभएको मल्होत्राले दाबी गरे ।















प्रतिक्रिया