३ कार्तिक २०८३, मंगलबार

सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम मुछिनुले स्थिति गम्भीरः शंकर पोखरेल

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम मुछिनुले स्थिति निकै गम्भीर देखिएको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय बनेको उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक रहेको बताए ।

महासचिव पोखरेलले भनेका छन्ः

दिनहु सुन तस्करीका समाचारहरु आईरहेका छन् । सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भईरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पारगरेर वाहिरिएको एकक्विन्टल सुन वाहिरिको सुरक्षा निकायले समातेको समाचार छ । एअरपोर्ट जस्तो संवेदनशी ठाउको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुनतस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।
राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधिमुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीररुपमा जानु आवश्यक छ ।

हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो । प्रहरीले उक्त सुन प्रकरणमा एक एजेन्टसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन् ।

बुधबार विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।