
काठमाडौं, ३ साउन । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ ।
सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी सुनचाँदी पसलको सटरमुनि शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तुसँगै बारुदको बम रहेको लेखिएको पर्चा समेत रहेको छ ।
‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो ।’ पर्चामा लेखिएको छ, ‘यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’















प्रतिक्रिया