मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

दिनभरका TOP 15 NEWS : नेपाल एयरलाइन्समा लापरबाहीको पराकाष्ठा, अब घुम्न जाँदा कर लाग्ने

दैनिक नेपाल २०८० साउन २ गते २२:४७

काठमाडौं, २९ असार । सरकारी स्वामित्वमा रहेको एक मात्र वायु सेवा कम्पनी नेपाल एयरलाइन्सको जहाज उडानमा हदैसममको लापरबाही भेटिएको छ ।

चालक दलका लागि आवश्यक पर्ने अक्सिजन नभएपछि नेपाल एयरलाइन्सको न्यारोबडी जहाज ११ घण्टा मलेसियामा ग्राउन्डेड भएको छ । यस्तो गम्भीर लापरबाहीबारे छानबिन गर्न निर्देशक महेश मारिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरिएको छ ।

यस्तै, अबदेखि घुमघाम गर्न जाँदा पनि कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागद्वारा जारी वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० मा यस्तो व्यवस्था गरिएको हो । जस अनुसार विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क तिर्नुपर्ने छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित