२९ आश्विन २०८३, बिहिबार

अनेरास्ववियुको सदस्यता लिन विद्यार्थीहरूको उत्साहजनक सहभागिता (तस्वीरहरू)

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेकपा एमालेनिटक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हिजो सोमबारदेखि देशव्यापी रूपमा सुरू गरेको सदस्यता नवीकरण र वितरण अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

अभियान सुरू गरिएको दोस्रो दिनमा नै हजारौँ विद्यार्थीले उत्साहजनक रूपमा अनेरास्ववियुको नयाँ सदस्यताका लागि आवेदन दिएको अनेरास्ववियुले जनाएको छ ।

उनीहरूले स्वत: स्फूर्त रूपमै सदस्यताका लागि आवेदन दिएको अनेरास्ववियुका केन्द्रीय सदस्य मदन भण्डारीले जानकारी दिए । उनका अनुसार पुरानो सदस्यता नवीकरणमा पनि विद्यार्थीहरूको उत्साह राम्रो छ ।

अनेरास्ववियुले हिजोदेखि देशभरका क्याम्पसहरूमा एकसाथ सदस्यता नवीकरण तथा वितरण अभियान शुभारम्भ गरेको हो । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का अध्यक्ष लोकेश खड्कालाई सदस्यता ठेली हस्तान्तरण गरेर अभियान सुरू गरेका थिए ।

यही साउन १० गतेसम्म चल्ने यो अभियान सञ्चालन गरिने अनेरास्ववियुले जनाएको छ ।

हेरौँ केही तस्वीरहरू–