२९ आश्विन २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत के–के गर्‍यो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि गरेको छ ।

बैंकले आफ्ना विभिन्न शाखा कार्यालयहरूमार्फत विद्यालयहरू, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरूलाई सहयोग गरेको छ ।

आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

बुँदागत रूपमा पढ्नुहोस् बैंकले गरेका गतिविधिहरू–

१. हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाँउका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंङ्गरोगन एवम् सन्देशमुलक स्वास्थ्य तथा सरसफाई सम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई रू. दुई लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

२. नेपालगञ्ज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ९ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरणहरू हस्तान्तरण गरिएको छ ।

३. साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाँउपालिका वडा नं ०१ गाँज्रामा अवस्थित श्री राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि रू. एक लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

४. विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका वडा नं ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त रू. पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

५. सुर्खेत शाखाद्वारा बिरेन्द्रनगर नगरपालिका वडा नं १२ मा अवस्थित मानवसेवा आश्रमलाई खाद्यान्न, फलफूल, तरकारी तथा दैनिक अत्यावश्यक सामग्री प्रदान गरिएको छ ।

६. बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिका वडा नं ०५ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

७. चैनपुर शाखाद्वारा जयपृथ्वी नगरपालिका वडा नं ११, दैकुमालामा अवस्थित श्री नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थान कुर्सी प्रदान गरिएको छ ।

८. भैरहवा शाखाद्वारा सिद्घार्थनगर नगरपलिका वडा नं ०२ मेउडिहवामा अवस्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङ्ग स्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

९. लाहान शाखाद्वारा लाहान नगरपालिका वडा नं १४, बस्तीपुरमा अवस्थित श्री आधारभूत विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

१०. भाटभटेनी र तीनचुली शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ४, बालुवाटारमा अवस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयलमा प्रारम्भिक बाल कक्षामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्घि गर्न र अध्यापनलाई प्रविधिमैत्री बनाउन विद्यालयलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको छ ।

११. बैकको केन्द्रिय कार्यालयले पुल्चोक क्याम्पस (इन्स्टीच्युट अफ इन्जिनियरिङ्ग), पुल्चोक ललितपुरलाई कम्बोडियामा आयोजित एशिया प्यासिफिक रोबोट कन्टेस्ट कार्यक्रममा सहभागिता जनाउनका लागि रू. एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

१२. कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापन लागि वाटर फिल्टर र १२ थान कुर्सी हस्तान्तरण गरेको छ ।

१३. धनगढी शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण गर्न जडान गरिएका सि.सि.क्यामराहरू बिग्रिएकाले उक्त क्यामराहरूको मर्मत कार्य लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

१४. मैतिदेवी शाखाद्वारा सृजनशील अपाङ्ग आवाज नेपालमा बस्ने बाह्र जना अपाङ्गता भएका महिलाहरूको दैनिक आवश्यकताहरू पुरा गर्नका लागि उक्त संस्थालाई रू. पच्चिस हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

१५. चिप्लेढुङ्गा शाखाद्वारा पोखरा महानगरपालिका वडा नं ०४ मा अवस्थित श्री नविन माध्यमिक विद्यालयलाई पाँच थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ ।

१६. लेकसाइड शाखाद्वारा पोखरा महानगरपालिका वडा नं ०८ को फोहोर व्यवस्थापन गर्नका लागि प्रतिभा मार्ग टोल विकास संस्थालाई चालिस थान डष्टविन हस्तान्तरण गरिएको छ ।

१७. कालिमाटी शाखाद्वारा चन्द्रागिरी नगरपालिका, कीर्तिपुरमा अवस्थित श्री बाल कल्याण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

१८. भक्तपुर शाखाद्वारा चाँगुनारायण नगरपालिका वडा नं २, झाँखेल भक्तपुरमा अवस्थित श्री आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

१९. खुरखुरे शाखाद्वारा राप्ती नगरपालिका वडा नं ०७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयलाई विद्यालयको पुस्तकालय प्रायोजनार्थ एक थान कम्पुटर तथा प्रिन्टर प्रदान गरिएको छ ।

२०. दमक शाखाद्वारा कलम गाँउपालिका वडा नं ७, झर्काहा झापामा अवस्थित श्री अरनिको प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

२१. महाराजगञ्ज शाखाद्वारा टोखा नगरपालिका वडा नं ७ काठमाडौंमा अवस्थित श्री शुभश्री वैकल्पिक महिला विद्यालयलाई वाटर डिस्पेन्सर तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

२२. सानोभर्‍याङ्ग शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं १५, स्वयम्भुमा अवस्थित श्री ईश्वर आधारभुत विद्यालयका लागि दराज, तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विद्यालय पोसाक र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

२३. बेलौरी शाखाद्वारा बेलौरी नगर खेलकुद समितिलाई खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

२४. अमरपथ शाखाद्वारा मुक्तिनाथधाम मन्दिरलाई डष्टविन तथा भ्याक्युम क्लिनर प्रदान गरिएको छ ।

२५. चरिकोट शाखाद्वारा कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अध्ययन साथसाथै चौतर्फी विकासमा मद्दत पुर्‍याउने उद्देश्यले खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।

२६. बिर्तामोड शाखाद्वारा शिवसताक्षी नगरपालिका वडा नं १०, साईधार झापामा अवस्थित दित्यपथ महिला सरोकार समाजलाई संस्थाले सञ्चालनमा ल्याएको श्री सरस्वती कन्या गुरुकुलमा अध्ययनरत २५ जना विद्यार्थीहरूको आवासका लागि निर्माणाधिन भवनका लागि रू. एकाउन्न हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

२७. पाटन शाखाद्वारा पाटन नगरपालिका वडा नं ०१, डंसिली, बैतडीमा अवस्थित श्री कैलास आधारभुत विद्यालयका लागि आवश्यक स्टिल दारज, ह्रवाइट बोर्ड, कुर्सीलागायतका सामग्री हस्तान्तरण गरिएको छ ।