
काठमाडौं, २ साउन । आर्थिक वर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो ।
२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
परिसरका अनुसार सवै भन्दा बढी बैंकिङ कसुरसम्बन्धी ७ हजार १ सय १ मुद्दा दर्ता भएका छन् भने अभद्र व्यहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएकोे कार्कीले बताए ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छयोट भएको छ । कार्कीले अनलाइन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएको बताए ।
एनले काठमाडौं जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए । कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरि अपरान्ध नियन्त्रणतर्फ ध्यान दिने धारणा व्यक्त गरे ।
त्यस्तै, साइबर अपराध र अनलाइन ठगीका घटनाहरु हुन गर्न नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरीने, प्रभावकारी तवरले प्रहरी परिचालन गरी शान्त र सुरक्षित काठमाण्डौ निर्माणको अवधारणालाई मुर्तरुप प्रदान गर्ने कार्कीले बताए ।















प्रतिक्रिया