३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड भारतीय रहेको भन्दै अफवाह फैलाउने टाइगर पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय नागरिक रहेको भन्दै अफवाह फैलाउन एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूपन्देही जिल्ला देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलबाट पक्राउ परेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डको फोटोसमेत राखेर नक्कली भारतीय आधार कार्ड, आयकर कार्ड बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

यस्तै उनले दिवंगत प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरासमेत लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।