३ कार्तिक २०८३, मंगलबार

सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरण रिट ढुंगाना र सुवेदीको इजलासमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा रिटको पेशी तोकिएको छ ।

प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुनेछ । यसअघि आइतबार रिटको पेशी हेर्न नभ्याइनेमा परेको थियो ।

यस्तै राउतसहितका प्रतिवादीहरुलाई आज अदालतमा उपस्थित गराउन अदालतले आदेश दिएको थियो ।