शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता

दैनिक नेपाल २०८० साउन १ गते ९:३१

टेक्सस (अमेरिका), १ साउन । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।

शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् । फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एकरएक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ ।

युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तूप निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ ।

दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तूपको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा मुरली अधिकारी तथा हालका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा प्रेम अधिकारीले प्रकाश पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित