२९ आश्विन २०८३, बिहिबार

मंगलबारदेखि मलमास सुरू हुँदै, के गर्न हुन्छ के गर्न हुँदैन ?

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । साउन २ गते (आगामी मंगलबार) देखि मलमास अर्थात् अधिमास सुरू हुँदै छ ।

भोलिदेखि सुरू हुने साउन महिनाको पहिलो दिन नै संयोगले सोमबार र औंशी परेको भए पनि लगत्तै २ गतेदेखि मलमास सुरू हुँदैछ । साउनको सुरूदेखि नै मलमास लाग्ने भएकाले मानिसहरूमा विभिन्न खालका अन्योलता समेत सृजना भइरहेको छ ।

साउन २ गतेदेखि सुरू भएर साउन ३१ गते बुधबार समाप्त हुने मलमासको अवधिभित्र के–के गर्न हुन्छ, के–के गर्न हुँदैन ? यसबारे स्पष्ट पार्ने प्रयासस्वरुप संक्षिप्तमा तल चर्चा गरिएको छ ।

१. अधिमासका बेला यसअघिदेखि गरिँदै आएको नियमित कार्यहरू गर्न हुन्छ । जस्तै: यदि कोही पनि व्यक्तिले विगतका वर्षहरूमा साउनको सोमबार ब्रत गर्दै आउनुभएको छ भने यस वर्ष पनि नियमित रुपमा गर्न हुन्छ । तर यदि यसै वर्षबाट आरम्भ गर्न खोज्नु भएको हो भने नगर्दा वेश हुन्छ ।

२. मलमासको अवधिमा तिथि पर्वले पर्ने कार्यहरू अर्थात् नैमित्तिक कार्यहरू गर्न हुन्छ । जस्तै: यस अवधिमा पर्ने जन्मोत्सव, बच्चा जन्मिएमा गरिने न्वारन, अन्त्य संस्कार, श्राद्ध कर्म आदी ।

३. यस अवधिमा काम्य कर्महरू भने गर्न नहुने बिधान रहेको छ । जस्तै: नयाँ गृह आरम्भ, नयाँ गृह प्रवेश, कुवा तलाव खन्ने, ईनार खन्ने, नयाँ बगैचा निर्माण, ब्रतवन्ध, विवाह आदी जस्ता दीर्घकालीन असर रहने कार्यहरू ।

४. नवविवाहित दम्पत्तिले मलमास बार्ने बिधान रहेको छ । अर्थात् नवविवाहित दम्पत्ति मलमासको अवधिमा सम्मिलन नगर्ने निर्देश रहेको छ । अर्थात् यस अवधिमा नवविवाहित जोडी सकभर मलमासभर बेग्ला–बेग्लै बस्नु उपयुक्त हुन्छ ।

५. यस अघिका वर्षहरूमा नियमित रुपमा रुद्राभिषेक अर्थात् रुद्री गर्ने गर्नुभएका व्यक्तिहरूले मलमासमा पनि नियमित रुपमा रुद्राभिषेक कर्म गर्न हुन्छ ।

के हो मलमास ?

एक वर्षमा कुल ३६५ दिन र १२ महिना हुन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ भने चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ ।

सामान्यत: सैरमासमा सक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ । चन्द्रमासमा एक पूणिर्मादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणना अनुसार एक वर्षमा जम्मा ३६५ दिन हुन्छन् । चन्द्रमास अनुसार ३५४ दिनमात्र हुन्छ ।

चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्छ । यसरी झन्डै साढे दुई वर्ष भन्दा बढी अर्थात् ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रूपमा रहन्छ ।

ज्योतिष शास्त्र अनुसार १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यसको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

यस अनुसार हरेक ३२ महिना १६ दिन वितेपछि मलमास सुरु हुन्छ । साधारणतया ३२ महिना १६ दिन पछि मलमास हुन्छ । तर महिना भने फरक हुन्छ ।