२९ आश्विन २०८३, बिहिबार

नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित भएका छन् ।

आज सम्पन्न कोषको २८औं वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

५२ अर्ब भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट तीन वर्षका लागि सञ्चालक निर्वाचित भएका हुन् ।