३० आश्विन २०८३, शुक्रबार

पूर्व–पश्चिम रेल मार्गको काम अझ गतिसाथ अघि बढाउनुपर्छ : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पूर्व–पश्चिम रेल मार्गको काम अझ गतिसाथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले जनकपुरधारधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा विस्तार भएकोमा खुसी व्यक्त गर्दै अब पूर्व–पश्चिम रेलमार्गलाई तीव्रता दिनुपर्नेमा जोड दिएका हुन् ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गरिएको तथा अहिले थप १७ किलोमिटरमा सेवा विस्तार भएको उल्लेख गर्दै अध्यक्ष ओलीले रेल सेवा सञ्चालनका कामका सहयोग पुर्‍याउनने सबैलाई धन्यवाद दिएका छन् ।

यस्तै, उनले आफ्नो युट्युब च्यानल ‘केपी बा’ सब्सक्राइब गर्न आग्रह गरेका छन् । आफू २०५२ सालमा पाँच हजार फिटमाथि उडिरहेको हेलिकोप्टरबाट झरेर पनि बाँचेको घटनाको स्मरण गर्दै उनले आफ्नो जीवनका यस्ता थुप्रै अनुभवहरू आफ्नो युटुव च्यानलमा राखेको र राख्दै जाने भएकाले सब्सक्राइब गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका हुन् ।

अध्यक्ष ओलीले मृत्युको मुखमा पुगेर बाँच्नु आफ्ना लागि सबैभन्दा ठूलो सफलता भएको बताएका छन् ।

यो समाचार तयार पार्दासम्म उनको युट्युव च्यानलमा आठ हजार भन्दा धेरैले सब्सक्राइब गरेका छन् भने ३० वटा भिडिओ अपलोड गरिएको छ ।